२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लागेको मेलामा २ लाख बढी भेटी संकलन भएको छ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार मेलामा २ लाख २० हजार १८० रुपैयाँ भेटी संकलन भएको हो। १० दिनसम्म लागेको मेलामा तीर्थयात्रीले उक्त भेटी चढाएका हुन्।
गोसाइँकुण्डको मेला व्यवस्थापन तथा कुण्डको संरक्षणमा भेटी खर्च गरिने समितिले जनाएको छ। २०५६ सालदेखि समितिले मेलाको व्यवस्थापन गर्दै आएको छ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुईपटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij