२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । काठमाडौको चन्द्रागिरी नगरपालिका-१३ मा रहेको जग्गाको नयाँ पूर्जा बनाउन घुस मागेको आरोपमा नापी कार्यालय कलङ्कीका एक कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सेवाग्राहीसँग १३ हजार घुस लिएको अवस्थामा कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई सोमबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सो प्रकरणमा कार्यालय प्रमुख र सर्भेक्षकको समेत मोबाइल उपकरण नियन्त्रणमा लिइएको छ। कुँवरलाई कार्यालय परिसरमै घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् । थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij