Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको छ: ओली

मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको छ: ओली


  • 1.9K
    Shares

    मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको छ: ओली

    प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका छन्।

    सोमबार च्यासलमा मदन-आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै यसबारे प्रश्न उठाएका हुन्। 

    ‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,’ ओलीले भने, ‘श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

    हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्। उनले संस्थाहरू सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गरे।

    ‘यस्तो खालको हुनुहुँदैन, सबै संस्थाहरू पार्टीप्रति, आन्दोलनप्रति निष्ठावान हुनुपर्दछ,’ ओलीको भनाइ छ, ‘आफ्नो व्यक्तिगत संस्थाका रुपमा प्रयोग गर्ने अनि त्यसलाई आन्दोलनको अहित हुनेगरी प्रयोग गर्ने कुराहरु उचित होइनन्।’ ‘आन्दोलनको विपरित हुनेगरी प्रयोग गर्ने कुरा उचित होइन,’ उनले थपे।

    उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि समेत जनाए। ‘त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ,’ ओलीले भने, ‘कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ।’

    त्यसका पदाधिकारीका अधिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ,’ उनले थपे। 

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १७:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij