Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अदालत

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आजै आदेश आउन सक्ने सम्भावना

रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आजै आदेश आउन सक्ने सम्भावना


  • 1.1K
    Shares

    रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आजै आदेश आउन सक्ने सम्भावना

    काठमाडौं । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । 

    न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएको छ । 

    लामिछाने गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । 

    तर लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै फेरि जिल्ला अदालत रुपन्देहीमा साउन १९ गते निवेदन दिएका थिए ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १६:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij