Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते

भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते


  • 827
    Shares

    भारतको बाढीपहिरोमा बाजुराका एक दम्पतीको मृत्यु, एउटै पालिकाका २४ जना घाइते

    काठमाडौं । रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पती बाढीपहिरोमा परी ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डमा साउन २० गते आएको विनाशकारी बाढीपहिरोले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको ज्यान लिएको हो ।

    उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढीपहिरोले उनीहरूको जीवन अकालमा अन्त्य गरिदिएको हो । रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुबै जना प्राकृतिक प्रकोपको चपेटामा परेर सदाका लागि संसारबाट बिदा भए ।

    उक्त घटनामा सोही गाउँपालिकाका २४ जना घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा (३६), पछना बुढा (२४), धन बुढा (२७), महेन्द्र महतारा (२८), जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा (४९), दिनेश बुढा (२९), मानबहादुर बुढा (४२), रजबहादुर महतारा (३२), जनेश बुढा, पछी महतारा, बिर बुढा, वर्षनी बुढा रहेका छन् । 

    यस्तै ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा (३), मादप महतारा (२९), विपना बुढा, दिपेन्द्र महतारा (३४), मानबहादुर बुढा (३०), विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा रहेका छन् । गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

    सुदूरपश्चिमका नागरिकहरू छोराछोरीको पालनपोषण र घरखर्चका लागि रोजगारीका सिलसिलामा भारतसहित अन्य मुलुक पुग्ने गरेका छन् । तर, वर्षेनी यस्ता दुर्घटनामा परी कैयौँ नेपाली घाइते हुने वा ज्यान गुमाउने घटनाहरू दोहोरिँदै आएका छन् ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १५:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij