२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत बढुवा समितिले स्थानीय सरकारी सेवा, पाँचौं तहमा १६८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ।
प्रदेश लोक सेवा आयोगको बढुवा सूचनाअनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रिया पूरा भएको हो। बढुवा समितिले साउन २५ गतेको बैठकमार्फत सिफारिस सूची अनुमोदन गरेको र सोमबार सूचना प्रकाशित गरेको छ।
यो सिफारिस स्थानीय सरकारी सेवा ऐन, २०५० को दफा ३९ बमोजिम गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij