Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

हिंसात्मक झडपपछि एक जनाको मृत्यु, कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड

हिंसात्मक झडपपछि एक जनाको मृत्यु, कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड


  • 1.5K
    Shares

    हिंसात्मक झडपपछि एक जनाको मृत्यु, कैलाली कारागारबाहिर कैदीबन्दीका आफन्तको भीड

    काठमाडौं । तनावग्रस्त रहेको कैलाली कारागार बाहिर कैदीबन्दीका आफन्तहरूको भीड लागेको छ ।

    कारागारमा हिंसात्मक झडप भएपछि कैदीबन्दीका आफन्त उनीहरूलाई भेट्ने प्रयासमा भेला भएका हुन् । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।

    भित्रको स्थिति तनावग्रस्त भएपछि आफन्तले कारागार पुगेर सोधखोज गरिरहेका छन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएकाले प्रहरी समेत भित्र जान पाएका छैनन् ।

    कारागार भित्रको अवस्थाबारे तथ्यगत विवरण सार्वजनिक हुन सकेको छैन । विभिन्न कसुरमा सजाय काटिरहेका कैदीबन्दीका आफन्त समेत कारागार भित्र झडप भएको खबरले चिन्तित देखिएका छन् । कारागार प्रशासनले उनीहरुलाई गेटबाहिरै रोकेको छ ।

    १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँ राख्दा कैलाली कारागारमा पटकपटक तनाव हुँदै आएको छ

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १३:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij