Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

विधेयक नसच्याए २९ गतेबाट आन्दोलन गर्ने निजी विद्यालय सञ्चालकहरुको चेतावनी

विधेयक नसच्याए २९ गतेबाट आन्दोलन गर्ने निजी विद्यालय सञ्चालकहरुको चेतावनी


  • 1.1K
    Shares

    विधेयक नसच्याए २९ गतेबाट आन्दोलन गर्ने निजी विद्यालय सञ्चालकहरुको चेतावनी
    images

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानलाई लिएर सच्याउन माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।

    हिसान, नेसनल प्याब्सन ,एन प्याब्सन र  प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग सम्बोधन नभए २९ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  उनीहरुले  निजी विद्यालयलाई क्रमशस् गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाउन माग गरेका छन् ।

    अन्तिम चरणमा रहेको शिक्षा विधेयकबाटनिजी विद्यालयहरूलाई क्रमश गैर नाफामूलक बनाइनेछ भन्ने वाक्याशं हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्नेलगायका विषयहरु तत्काल सच्याउन माग गरेका छन् ।

    सबै सरोकारवालाका विषयमा कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गर्न माग गरेका छन् ।

    श्रावण २८ गते भित्र यी मागहरु सम्बोधन गरी विधेयकमा संशोधन नगरिए २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १२:१७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij