Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

‘घोनाई’लाई भब्य बनाउन गुठीको ब्यापक तयारी

‘घोनाई’लाई भब्य बनाउन गुठीको ब्यापक तयारी


  • 2.8K
    Shares

    • images
    ‘घोनाई’लाई भब्य बनाउन गुठीको ब्यापक तयारी

    काठमाडौं । घोनाई अर्थात रोपाईजात्रालाई व्यवस्थित र भब्यताका सम्पन्न गर्नको लागि ‘श्री बौद्ध तामाङ कल्याण गुठी’ले ब्यापक तयारी थालेको छ । जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाई जात्रामा पुगेर समापन हुने कार्यक्रमको लागि यस्तो तयारी भएको हो ।

    ‘घोनाई ड्या’ (तामाङ भाषामा जनैपूर्णिमा) को दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइ सुरु भइ रोपाईंजात्राको दिन विभिन्न कार्यक्रम गरेर समापन हुने कार्यक्रमको लागि काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोग रहेको कार्यक्रमको संयोजन गरिरहेको संस्था ‘श्री बौद्ध तामाङ कल्याण गुठी’ले जनाएको छ ।

    रोपाईजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) मूल समारोह समिति–२०८२ गठन गरिएको छ । जात्राको सफलताको लागि व्यवस्थित ढंगले कार्य विभाजन समेत गरिएको छ ।

    लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्ग्य, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू रोपाईंजात्रामा समावेश हुनेछन् । साथै विद्यालयस्तरीय प्रस्तुतिहरू समेत रोपाईजात्रामा समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई नगद तथा प्रमाणपद्वारा सम्मान तथा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

    कार्यक्रम अनुसार श्रावण २५ गते दिउँसो ३ः३० बजे घिनतिडनाका कार्यक्रम को तय गरिएको छ भने २६ गते मध्यान्ह १२ः०० बजेदेखि २ः०० बजेसम्म साँस्कृतिक कार्यक्रम संचालन हुनेछ । यसरी सम्पन्न हुने रोपाईं जथात्राको रुट बौद्ध स्तूप परिक्रमा गरी बौद्ध फूलबारी, बौद्ध गेट, बौद्ध पीपलबोट मूल सडक, बौद्ध दुसाल चोक मूल सडक बौद्ध गेट बौद्ध स्तूप परिक्रमा पश्चात साँझ ५ः०० बजे एक औपचारिक कार्यक्रमका बिच पुरस्कार वितरण र सम्मान कार्यक्रम गरी समापन हुने कार्यक्रमको संयोजक संस्था रहेको श्री बौद्ध तामाङ कल्याण गुठीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - ०७:१९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij