Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मदनले जुन घर ३४ वर्षअघि चुनाव प्रचारका लागि प्रयोग गरे त्याहि घरमा अब विद्याको सम्पर्क कार्यालय

मदनले जुन घर ३४ वर्षअघि चुनाव प्रचारका लागि प्रयोग गरे त्याहि घरमा अब विद्याको सम्पर्क कार्यालय


  • 1.2K
    Shares

    मदनले जुन घर ३४ वर्षअघि चुनाव प्रचारका लागि प्रयोग गरे त्याहि घरमा अब विद्याको सम्पर्क कार्यालय

    काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्किने बाटो बन्दा गरेपनि पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने भएकी छन् ।

    एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष भण्डारीले सम्पर्क कार्यालय नै खोलेर आफ्नो प्रचारलाई अघि बढाउन लागेको भंगाल स्रोतले जनाएको छ ।

    भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसकेको बताइएको छ । एमालेले च्यासलको ढोका बन्द गरेपछि भण्डारीको पाइला राजनीतिक गतिविधिकै लागि थापागाउँतिर मोडिएको उनीनिकट नेताहरुले बताएका छन् ।

    अब उनी मदन भण्डारी फाउन्डेसन मार्फत देशभरी नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् । संयोग मान्नुपर्छ, विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यहि घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

    केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारीस्वरुप अहिले सरसफाइको काम चलिरहेको छ । मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर गरेकी थिइन् । त्यसैले अहिले विद्याले त्यही घरलाई राजेर घरधनीसँग कुरा फिक्स गरेर सरसफाइको काम भइरहेको उनीनिकट नेताले बताए ।

    ती नेताले भने, ‘त्यो घरमा उहाँको भावना र लिगेसी पनि जोडिएको छ । उहाँलाई कसैले रोकेर रोकिन्नुहुन्न । २,३ दिनमै औपचारिक रुपमा उद्घाटन भएपछि देशभर आफ्नो अभियानका लागि निस्कनुहुन्छ ।’

    फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरेको छ र बागमतीका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा मूल समिति समेत गठन भएको छ । मदनको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन समिति बनाइएको हो ।

    एमालेले राष्ट्रपति भइसकेको व्यक्ति सम्मानित ठाउँमै रहनुपर्ने भन्दै पार्टीमा क्रियाशील हुन रोकेपछि पत्रकार सम्मेलन गरेरै आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी थिइन् ।

    उनले भनेकी थिइन्, ‘अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो । सदस्यता हुँदा मदनभण्डारी कोसी–सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन ।’

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १४:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij