Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

शिक्षा समितिको बैठक सुरु, संघर्षको रणनीति बनाउँदै शिक्षक परामर्श उपसमितिको प्रतिवेदन पेस

शिक्षा समितिको बैठक सुरु, संघर्षको रणनीति बनाउँदै शिक्षक परामर्श उपसमितिको प्रतिवेदन पेस


  • 1.0K
    Shares

    शिक्षा समितिको बैठक सुरु,  संघर्षको रणनीति बनाउँदै शिक्षक परामर्श उपसमितिको प्रतिवेदन पेस

    काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ ।

    बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् । परामर्श उपसमितिले शिक्षक बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव गरेको छ भने शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव गरिएको छ ।

    यसैगरी परामर्श उपसमितिले शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता  प्रधानाध्यापक रहेसम्म स्वतः निष्क्रिय हुने प्रस्ताव गरेको छ ।

    गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक(फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १४:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij