Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सप्तरी गोली काण्ड: छानबिनको माग गर्दै राजविराजमा स्थानीयको विरोध प्रदर्शन

सप्तरी गोली काण्ड: छानबिनको माग गर्दै राजविराजमा स्थानीयको विरोध प्रदर्शन


  • 1.3K
    Shares

    सप्तरी गोली काण्ड: छानबिनको माग गर्दै राजविराजमा स्थानीयको  विरोध प्रदर्शन

    काठमाडौं । सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् ।

    गए राति भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार मंगलबार राति करिब १० बजे मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो।

    त्यसक्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेर राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा मृत्यु भएको थियो।

    प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोको गोलीप्रहार गरी हत्या गरेको स्थानीयको दाबी रहेको छ। मृतक यादवको शव गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । 

     

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १२:२३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij