Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका

श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका


  • 1.7K
    Shares

    श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका

    काठमाडौं । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

    ६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् ।

    सम्झनाको मृत्युलाई माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    श्रीमानले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिएका छन् ।

    मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सअपमा म्यासेज पठाउँदै श्रीमानले आफूमाथि कुटपिट गरेको बताएको खुलेको छ । प्रहरीका अनुसार घटना भएको अघिल्लो दिन मात्रै सम्झना श्रीमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।

    प्रहरीले उनका श्रीमान् पवनलाई बोलाएर सम्झाइबुुझाइ गरेर कुटपिट नगर्ने सर्तमा छाडेको थियो । तर, भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् ।

    पारिवारिक स्रोतका अनुसार सम्झना पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन् । दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ ।

    सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ११:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij