Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते

ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते


  • 1.1K
    Shares

    ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते

    काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा पर्ने मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई-७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए। 

    दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ। 

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ०९:५२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij