Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा


  • 2.6K
    Shares

    कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं ।  कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा आजै सार्वजनिक गर्न लागिएको बताएका छन् । 

    नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

    नतिजा सार्वजनिक गर्ने तयारी भइरहँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतुहल्ता परीक्षार्थी, अभिभावक लगायत आमचासो बनेको छ । बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

    यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np  बाट नतिजा हेर्न सकिन्छ ।

    यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १६:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij