Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नयाँ सरकार गठनका लागि आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान


  • 932
    Shares

    बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस  आह्वान

    काठमाडौं । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । 

    मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।

    नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा ९२० अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्ने आह्वान गरिएको हो । 

    प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो २ बजेभित्र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न भनिएको छ । 

    12.jpg

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १३:५३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij