Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी


  • 1.3K
    Shares

    आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द,  मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी

    काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए ।

    सोही अनुसार मुख्यमन्त्री लामा काठमाडौंबाट हेटौंडा आइपुगेका थिए । तर अन्तिम सयममा आएर बैठक रद्द भएको छ । 

    स्रोतका अनुसार प्रदेशका प्रमुख सचिव भुपाल बराल काठमाडौंमा रहेका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेको हो । बरालको अनुपस्थितिमै भए पनि बैठक राख्न चाहेका मुख्यमन्त्री लामालाई अन्य सचिवले ‘प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद बैठक नराख्न’ सुझाव दिएपछि बैठक राख्ने कार्यक्रम नै रद्द गरिएको छ ।

    मन्त्रिपरिषद बैठक नबस्ने भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत नै उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने र राजीनामाको घोषणासमेत गर्ने स्रोतले जानकारी दिएको छ ।

    नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामा नेता चयनका लागि भएको निर्वाचनमा पराजित भएपछि राजीनामा दिनुपर्ने दबाबमा छन् । 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १४:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij