Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

३१ हजार विदेशी पर्यटकले घुमे चाँगुनारायण, एक करोड १९ लाख आम्दानी

३१ हजार विदेशी पर्यटकले घुमे चाँगुनारायण, एक करोड १९ लाख आम्दानी


  • 1.6K
    Shares

    ३१ हजार विदेशी पर्यटकले घुमे चाँगुनारायण,  एक करोड १९ लाख आम्दानी

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत  चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । 

    चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् ।  

    विदेशी पर्यटकबाट चाँगुनारायणले  एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ ।

    भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले पर्यटन शुल्कबापत रु १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको छ ।

    त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० का दरले एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको उनले जानकारी दिएका छन् ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताएका छन् । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १०:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij