Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सीटीईभीटीले यस वर्ष पीसीएल नर्सिङमा प्रवेश परीक्षा नलिने, खुल्यो अनलाइन आवेदन

सीटीईभीटीले यस वर्ष पीसीएल नर्सिङमा प्रवेश परीक्षा नलिने, खुल्यो अनलाइन आवेदन


  • 981
    Shares

    सीटीईभीटीले यस वर्ष पीसीएल नर्सिङमा प्रवेश परीक्षा नलिने, खुल्यो अनलाइन  आवेदन

    काठमाडौं  । नर्सिङ क्षेत्रमा मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्‍यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरिरहेको पीसीएल नर्सिङ (स्टार्फ नर्स) का लागि यस वर्ष प्रवेश परीक्षा नहुने भएको छ। योसँगै तीन वर्षे कोर्समा भर्ना पाउनका लागि देशभरिबाट प्रवेश परीक्षाका लागि काठमाडौं आउनुपर्ने बाध्यता पनि हटेको छ।

    परिषद्का सूचना अधिकारी एकराज अधिकारीले यस वर्ष प्रवेश परीक्षा नलिने र एसईईमा प्राप्त जीपीएका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए।

    उनका अनुसार नर्सिङ पढ्न इच्छुक विद्यार्थीले अब अनलाइनमा फाराम भर्नुपर्नेछ। मंगलबार (साउन ६ गते) बाट फाराम भर्न पाइने गरी सूचना प्रकाशित भइसकेको छ। साउन २६ राति ११꞉५९ बजेसम्म आवेदन दिन सकिनेछ। 

    फाराम भर्ने तरिका

    अनलाइन आवेदन भर्नको लागि सीटीईभीटीको वेबसाइटमा जानुपर्छ। सीटीईभीटीको आईटीएमएसमा फाराम भर्ने व्यवस्था मिलाइएको छ।पीसीएल नर्सिङ पढ्न एसईईरएसएलसीमा प्राप्‍त गरेको जीपीए राख्‍नुपर्ने हुन्छ। फाराम भर्नको निम्ति कम्तीमा २.० जीपीए आएको हुनुपर्छ।

    त्यसैगरी आफ्नो ग्रेडसिट, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, यदि सरकारी विद्यालय पढेको हो भने पालिकाले प्रमाणित गरेको पत्रलगायत अन्य आवश्यक कागजात स्क्यान गरी अनलाइनमै अपलोड गर्नुपर्छ।

    आवेदन फाराम भर्दा परीक्षा नियन्त्रण कार्यालयले तोकेको कनेक्ट आईपीएस वा खल्ती एपमार्फत प्रवेश परीक्षा शुल्क एक हजार रूपैयाँ तिर्नुपर्छ।

    शुल्क तिरेर फाराम भर्नको लागि सीटीईभीटी डट ओआरजी डट एनपी वा सीटीईभीटीएक्जाम डट ओआरजी डट एनपी मा जानुपर्छ।त्यसपछि क्लासिफाइड अनलाइन फाराममा क्लिक गर्नुपर्ने हुन्छ। आफूले अध्ययन गर्न चाहेको स्तर पीसीएल नर्सिङ छनोट गरी न्यु युजरमा क्लिक गर्नुपर्छ। अनि परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखेर प्रोसिडमा क्लिक गर्नुपर्छ।

    शुल्क जम्मा गर्नको लागि पे नाउ छानेर क्लिक गर्नुपर्छ र आफूले शुल्क जम्मा गर्ने कम्पनी छनोट गरी प्रोसिड गर्नुपर्छ। शुल्क जम्मा गरेको भेरिफिकेसन आएपश्चात् आफ्नो पासवर्ड बनाउनुपर्छ। पासवर्ड बनिसकेपछि क्लासिफाइड स्कलरसिप अनलाइन आवेदनको फाराम खुल्छ। फाराम खुलेपछि भने त्यहाँ उल्लेख भएको आवश्‍यक विवरण भर्दै जानुपर्ने हुन्छ।

    यदि तोकिएअनुरुप शुल्क, फोटो र कागजात समावेश नभएमा अनलाइन आवेदन स्वतः रद्द हुन्छ। आवेदन भर्दा नर्सिङ कार्यक्रम, प्रदेश, वर्ग स्पष्‍टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको संस्थानरविद्यालय प्राथमिकताका आधारमा क्रमशः राख्‍नुपर्छ। 

    छात्रवृत्तिमा पनि हुँदैन परीक्षा

    यसपालिदेखि छात्रवृत्तिका लागि पनि कुनै परीक्षा हुने छैन। एसईईको जीपीएबाटै निर्णय लिइनेछ।

    सरकारी विद्यालयबाट एसईईरएसएलसी तह उत्तीर्ण गरेका विद्यार्थीले मात्र पीसीएल नर्सिङको छात्रवृत्तिको लागि प्रतिस्पर्धा गर्न पाउँछन्। सरकारी विद्यालयका साथै यदि विद्यार्थी दलित, मुस्लिम, आदिवासी जनजाति, अपांगता भएको व्यक्ति आदि कोटामा पर्ने भए त्यससँग सम्बन्धित कागजात पनि संलग्न राख्नुपर्छ।

    वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन आवेदक आफैँले परीक्षा नियन्त्रण कार्यालयबाट तोकिएको समयावधिभित्र अनलाइन आवेदनको फाराम इन्ट्री गर्नुपर्ने परिषद्ले सूचनामा उल्लेख गरेको छ।

    सम्पूर्ण प्रक्रिया पूरा गरी भरिएको वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको अनलाइन फारम पेस गरेपश्चात् परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएको नोटिफिकेसन प्राप्त हुन्छ। तुरुन्तै अनलाइन आवेदन स्वीकृतिको कार्ड प्रिन्ट गर्न सकिन्छ। उक्त कार्ड विद्यालयमा भर्ना र रजिस्ट्रेसन प्रयोजनमा अनिवार्य हुनाले सुरक्षित राख्‍नुपर्छ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १०:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij