२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो।
विद्यार्थीले प्राप्त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन्। परीक्षाका लागि छनोट भएका १६ हजार एकसय ३७ मध्ये शनिबारको प्रवेश परीक्षामा १४ हजार १७३ जना सहभागी भएका थिए। ५४ वटा परीक्षा केन्द्रबाट उनीहरू परीक्षामा सहभागी भएका थिए।
परीक्षाको उत्तरपुस्तिका ओएमआर ९अप्टिकल मार्क रिडर० प्रणालीमार्फत जाँच गरिएको महानगरपालिकाले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij