Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?


  • 7.9K
    Shares

    आज कांग्रेसको पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ ।

    सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

    नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ ।

    माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ ।

    प्रकाशित मिति :बैशाख २० २०७८ सोमवार - १२:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij