Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट उत्पादन प्रभावित

रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट उत्पादन प्रभावित


  • 1.6K
    Shares

    • images
    रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २०० मेगावाट उत्पादन प्रभावित

    काठमाडौं । रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी चार वटा हाइड्रोपावरमा क्षति भएको छ । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावर रहेका छन् ।

    बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यस आयोजनाको बाँधको गेट बगाएको उनले जानकारी दिए ।

    ‘बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति भएको छ । सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा भएको छ । अन्यमा सामान्य क्षति भएको छ’, उनले अगाडी भने, ‘यी जलविद्युत आयोजनाहरूमा मानवीय क्षति भने भएको छैन ।’

    उनका अनुसार त्रिशूली थ्री ‘ए’ आयोजनाको भवनमा बाढी पसेको छ । रसुवागढी जलविद्युत आयोजना अन्तर्गतको पुल समेत बगाएको छ ।रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाटका हुन् ।

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १२:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij