Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

बेनिघाटमा जलाउँदै गरेको शव पनि बाढीले बगायो, त्रिशूली नदीमा भेटिए दुई शव

बेनिघाटमा जलाउँदै गरेको शव पनि बाढीले बगायो, त्रिशूली नदीमा भेटिए दुई शव


  • 841
    Shares

    • images
    बेनिघाटमा जलाउँदै गरेको शव पनि बाढीले बगायो, त्रिशूली नदीमा भेटिए दुई शव

    काठमाडौं ।  त्रिशूली नदीमा दुईवटा शव फेला परेको छ। नुवाकोटको उपल्लो भूभागबाट बाढीले बगाउँदै ल्याएको अवस्थामा धादिङस्थित त्रिशूली नदी किनारमा दुई शव भेटिएको प्रहरीले जनाएको छ।

    त्रिशूलीको बहाव बढेसँगै धादिङको गजुरी गाउँपालिका–६ बेल्खु र गल्छी गाउँपालिका–२ केउरेनीमा एक एक शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। 

    बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए। 

    जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

    सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।

    प्रकाशित मिति :आषाढ २४ २०८२ मंगलवार - १०:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij