Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शिक्षा

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, को–को परे ?

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस, को–को परे ?


  • 1.3K
    Shares

    त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस,  को–को परे ?

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो । ती तिन जनाको नाम आज कुलपतिलाई बुझाइएको र चाँडै नै उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ । सिफारिसमा को–को परे भन्ने विषय भने गोप्य राखिएको छ । 

    त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ । 

    स्रोतका अनुसार निमित्त उपकुलपति प्राडा खड्ग केसी, प्राडा बिनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्रा। डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको थियो । उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । 

    ४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । 

    उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १२:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij