Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्यो एकैदिन चार कम्पनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्यो एकैदिन चार कम्पनी


  • 1.3K
    Shares

    • images
    सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्यो एकैदिन चार कम्पनी

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक चार कम्पनी कालो सूचीमा राखेको छ ।  

    अनुगमन कार्यालयले चारवटै कम्पनीलाई १/१  वर्षका लागि कालोसूचीमा राखिएको  जनाएको छ । कालोसूचीमा पर्नेमा डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि, थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि,  ग्रीन लिफ प्रालि र शिवम् कन्स्ट्रक्सन रहेका छन् ।

    डीजी इकल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालिलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ  भने यस कन्स्ट्रक्सनका मुख्य व्यक्ति रघुनाथ कुमार ठाकुर रहेका छन् । 

    थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई सहरी विकास तथा भवन कार्यालय विराटनगर मोरङको सिफारिसमा १ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसका मुख्य व्यक्ति मुन्नी कुमारी मेहता हुन् । 

    काठमाडौं महानगरपालिका २८ को ग्रीन लिफ प्रालिलाई कालोसूचीमा राख्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीले सिफारिस गरेको थियो  भने ग्रीन लिफ  प्रालिका मुख्य व्यक्ति लुना खरेल रहेका हुन् । 

    जनकपुर उपमहानगरपालिका ८ धनुषाको शिवम् कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न गौशाला नगरपालिकाको कार्यालय महोत्तरीले सिफारिस गरेको थियो । शिवम् कन्स्ट्रक्सनका मुख्य व्यक्ति राधेश्याम झा छन् ।

    निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत कार्यालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - १२:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij