Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश सभा बैठक बस्दै

गण्डकी प्रदेश सभा बैठक बस्दै


  • 1.0K
    Shares

    गण्डकी प्रदेश सभा बैठक बस्दै

    काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेश सभा बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।

    विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रदेश सभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेश सभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् ।

    प्रकाशित मिति :आषाढ २३ २०८२ सोमवार - ११:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij