Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

गालीगलौज प्रकरण

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी


  • 1.6K
    Shares

    • images
    एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

     

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । 

    उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले बताए । एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यादव जसपाको मधेस प्रदेशका अध्यक्ष हुन् ।

    प्रकाशित मिति :आषाढ २० २०८२ शुक्रवार - १५:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij