Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

दर्ता नगरी युट्युब, फेसबुक पेजमार्फत् चलेका मिडियालाई कडा अनुगमन गर्ने

दर्ता नगरी युट्युब, फेसबुक पेजमार्फत् चलेका मिडियालाई कडा अनुगमन गर्ने


  • 1.6K
    Shares

    • images
    दर्ता नगरी युट्युब, फेसबुक पेजमार्फत् चलेका मिडियालाई कडा अनुगमन गर्ने

    काठमाडौ । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्ने प्रेस काउन्सिलको कारबाहीलाई सदर गरेको छ ।

    न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले अनलाइन न्युजपोर्टल र युट्युबसहितका सामाजिक सञ्जालमार्फत् चल्ने मिडिया काउन्सिलले गर्ने अनुगमनको क्षेत्राधिकारमा पर्ने व्याख्यासहित उक्त फैसला सुनाएको छ । 

    प्रेस काउन्सिलको २०८१ मंसिर २७ गते विभिन्न डिजिटल मिडियालाई कालोसूचीमा राख्ने कारबाहीविरुद्ध परेको रिटमा भएको सुनुवाईपश्चात उक्त फैसला भएको हो ।

    दियो पोष्ट मिडियाले काउन्सिलको अधिकारलाई चुनौती दिँदै अदालतमा रिट दायर गरेको थियो । सो रिट सुनुवाईपश्चात् खारेज भएको छ । काउन्सिलले डिजिटल मिडिया अनुगमन र कारबाहीका लागि एक वर्षअघि नै कार्यविधि बनाई नियमन गरिरहेको छ । काउन्सिलले दर्ता नगरी युट्युब, फेसबुक पेजमार्फत् चलेका मिडियालाई कडा अनुगमन गर्ने गरी दक्षिण एशियामै नौलो थालनी गरेको काउन्सिलको दावी छ ।

    काउन्सिलको तर्फबाट अनन्तराज लुईटेल र झविन्द्र भुषाल,लीलाधर उपाध्याय,विकास भट्टराई,कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती र विशाल थापाले बहस गर्दै नियमनको बाटो खुल्ला हुनुपर्ने बहस गरेका थिए । यसअघि काउन्सिलले कालोसूचीमा राखेका "नेपाल आज"सहितका अनलाइनको हकमा समेत उच्च अदालतले काउन्सिलको निर्णयलाई सदर गरेको थियो । 

    दियोपोस्टका तर्फबाट प्रमाणका आधारमा काउन्सिलकै कतिपय क्रियाकलापविरुध्द समेत सन्चारमाध्यमले लेख्न पाउनुपर्ने जिकिर वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहित स्वागत नेपाल,श्याम,पवित्रालगायतले गरेका थिए । उच्चको आदेशविरुध्द  सर्वोच्चमा पुनरावेदन लिएर जाने अधिवक्ता स्वागत नेपालले बताए ।

    प्रकाशित मिति :आषाढ १९ २०८२ बिहिवार - १८:३८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij