२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको छ । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब कर्मचारीहरूलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको छ।
उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ६ गतेसम्म लम्बिने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij