Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

नेपाल मेटल कम्पनी सहित चार उद्योग निजीकरण गर्न ‘डीडीए’ गर्दै अर्थ मन्त्रालय

नेपाल मेटल कम्पनी सहित चार उद्योग निजीकरण गर्न ‘डीडीए’ गर्दै अर्थ मन्त्रालय


  • 1.6K
    Shares

    • images
    नेपाल मेटल कम्पनी सहित चार उद्योग निजीकरण गर्न ‘डीडीए’ गर्दै अर्थ मन्त्रालय

    काठमाडौं । अर्थ मन्त्रालयले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ती सबैको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने भएको छ । अर्थ मन्त्रालयले चार सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन गर्न आशयपत्र माग गरेको छ।

    अर्थले बुटवल धागो कारखाना लिमिटेड ,नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि र जनकपुर चुरोट कारखाना लिमिटेडको डीडीए गर्न परामर्शदाता छनोटका लागि आशयपत्र माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

    अर्थले योग्य परामर्शदाता कम्पनीबाट उक्त चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक तथा कानुनी पक्ष अध्ययन गरेर डीडीए गर्न आशयपत्र माग गरेको जानकारी दिएको छ । 

    प्रतिस्पर्धाका आधारमा परामर्शदाता छनोट गरिने भएको छ भने डीडीए गर्दा उद्योगका चल–अचल सम्पत्ति र ब्रान्डको छुटाछुटै मूल्यांकन गरिने छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १५:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij