Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अमेरिकी डलर, कुबेती र बहराइन दिनार सस्तियो, आज कुन मुद्राको भाउ कति ?

अमेरिकी डलर, कुबेती र बहराइन दिनार सस्तियो, आज कुन मुद्राको भाउ कति ?


  • 869
    Shares

    अमेरिकी डलर, कुबेती र बहराइन दिनार सस्तियो, आज कुन मुद्राको भाउ कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित कतिपय मुद्रा भने सस्तिएका छन्। 

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्री दर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ।

    युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ६१ पैसा र बिक्रीदर १८८ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ६७ पैसा र बिक्रीदर १७१ रुपियाँ ४१ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ र बिक्रीदर १०० रुपियाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ २९ पैसा र बिक्रीदर १०७ रुपियाँ ७६ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४९ पैसा र बिक्रीदर ३६ रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३२ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४६ पैसा र बिक्रीदर १४ रुपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५६ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६४ रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ४१ पैसा र बिक्रीदर ३५६ रुपियाँ ९६ पैसा रहेको छ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - ०५:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij