Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

रास्वपाको महामन्त्री पद विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि असार १७ गते बोलायो

रास्वपाको महामन्त्री पद विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि असार १७ गते बोलायो


  • 1.5K
    Shares

    • images
    रास्वपाको महामन्त्री पद विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि असार १७ गते बोलायो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पद विवादमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । 

    ढकालले आफूलाई महामन्त्री दाबी गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको ढकालका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

    ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा  आज सुनुवाइ भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

    रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।

    बुधबार दायर भएको रिटमाथि सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्न लागेको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १३:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij