Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

सर्लाहीमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, स्थानीयले जलाए टिपर

सर्लाहीमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, स्थानीयले जलाए टिपर


  • 1.6K
    Shares

    • images
    सर्लाहीमा टिपरको ठक्करबाट २० वर्षीय युवकको मृत्यु, स्थानीयले जलाए टिपर

    काठमाडौं ।  सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा साइकल यात्री २० वर्षीय सचिन साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

    उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् भने घटना लगतै स्थानीयले टिपरमा आगो लगाएर जलाएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १०:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij