Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली


  • 1.4K
    Shares

    एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्।

    धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए। गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए। 

    सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे। थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्‍याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए। 

    उनले भने, ‘गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ। प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ। किनभने हामीले केही प्रभावकारी कदमहरु चालेका छौँ। जसले ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन।

    यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्‍याउनेछौँ। उत्तिर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ।’ प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १५:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij