२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनिले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सूचना सार्वजनिकगर्दै दुई पदमा कर्मचारी माग गरेको हो । देशभरी सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौं उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको छ ।
सूचना अनुसार वित्तीय क्षेत्रमा काम गरेका अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
इच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकल आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij