२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीेले विभिन्न ८ पदको लागि संख्यामा कर्मचारी माग गरेको छ । विभिन्न पदको लागि १८ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले प्रशासन व्यवस्थापकका लागि १ जना, प्रशासन सह व्यवस्थापककमा पनि १ जना, प्रशासन चार्डर्ट एकाउन्टेटमा १ जना, प्रशासन नायव व्यवस्थापकमा १ जना, प्रशासन कानुन अधिकृतमा ३ जना, प्रशासन सहायक व्यवस्थापकमा ५ जना, प्रशासन सहायक क मा २ जना र प्रशासन सहायक ख मा ५ जना गरी जम्मा १८ जना कर्मचारी माग गरेको छ ।
उक्त पदहरुको लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले जेठ २२ गतेभित्र आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर जेठ २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij