Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

युद्धविराम गरेकामा ट्रम्पद्वारा भारत र पाकिस्तानको प्रशंसा, दुबै देशमा व्यापार वृद्धि गर्ने वाचा

युद्धविराम गरेकामा ट्रम्पद्वारा भारत र पाकिस्तानको प्रशंसा, दुबै देशमा व्यापार वृद्धि गर्ने वाचा


  • 1.6K
    Shares

    युद्धविराम गरेकामा ट्रम्पद्वारा भारत र पाकिस्तानको प्रशंसा, दुबै देशमा व्यापार वृद्धि गर्ने वाचा
    images

    काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकामा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्।

    आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।

    उनीहरूले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, नत्र लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो।

    ट्रम्पले भारत र पाकिस्तानलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न अमेरिका सक्षम भएकामा आफूलाई पनि गर्व महसुस भएको उल्लेख गरेका छन्।

    आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने कुरा पनि गरेका छन्। साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्न प्रयास गरिने पनि उल्लेख गरेका छन्। 

     

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १०:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij