Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी


  • 2.7K
    Shares

    भारतका पाँच ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
    images

     काठमाडौं । पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ।

    ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् । 

    बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन। यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।

    सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १६:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij