२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेको छ। कम्पनीहरुले २१ लाख ३५ हजार २३३ वटा बीमा पोलिसी बिक्री गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।
सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ भने यस कम्पनीले ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड र ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।
साथैँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड र राष्ट्रिय बीमाा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij