Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३२ अंकले सेयर बजार ओरालो लाग्दा पनि यी हुन् चम्किएका चार कम्पनी, कुन-कुनको कतिले बढ्यो मूल्य ?

३२ अंकले सेयर बजार ओरालो लाग्दा पनि यी हुन् चम्किएका चार कम्पनी, कुन-कुनको कतिले बढ्यो मूल्य ?


  • 6.9K
    Shares

    ३२ अंकले सेयर बजार ओरालो लाग्दा पनि यी हुन् चम्किएका चार कम्पनी, कुन-कुनको कतिले बढ्यो मूल्य ?

    काठमाडौं ।  सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३२.४१ अंकले खस्किएको छ । १.२२ प्रतिशतले घटेको नेप्से २६३२.२० बिन्दुमा पुगेको हो । म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । विकास बैंक समूहको परिसूचक सबैभन्दा ठुलो दरले खस्किएको छ । यो समूहको परिसूचक २.१ प्रतिशतले घटेको छ ।

    बैंकिङ समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ । अधिकांश समूहको परिसूचक खस्किए पनि चार कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ । ज्योति लाइफ इन्स्‍योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८२६ रुपैयाँ कायम भएको छ । महिला लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९० प्रतितशतले बढेको छ । हिमाल दोलखा ९.८ प्रतिशतले बढेको छ ।

    लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा ठुलो अंकमा घटेको छ । ५.१७ प्रतिशतले घटेको यो कम्पनीको सेयर मूल्य ३३० रुपैयाँ कायम भएको छ ।सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यसको २५ करोडको सेयर कारोबार भएको छ । हिमाल दोलखाको सेयर कारोबार २२ करोड रुपैयाँ पुगेको छ ।

    बुधबार कूल ५ अर्ब ७७ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६६ हजार ४८० पटकको कारोबारमा १ करोड ३७ लाख कित्ता सेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १६:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij