Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने

हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने


  • 1.1K
    Shares

    हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने
    images

    काठमाडौं । विश्व हिन्दु महासंघका सदस्य एवं कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन् ।

    आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन् ।

    उनले भने, ‘विश्व हिन्दु महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दु समाजलाई एकताबद्ध गर्न, हिन्दु धर्मको संरक्षण, संवद्र्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ । सबैजना एक साथ एक मन-तन भएर पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ ।’

    सोही क्रममा राजसंस्था पुनस्थापना र हिन्दु राष्ट्र स्थापना अभियानमा सक्रिय रमा सिंहले नेपालमा हाल राजनीतिक व्यवस्था एवम सामाजिक व्यवस्था बिग्रिदै गएकाले त्यसलाई सुधार गर्न हिन्दु राज्य स्थापना हुनुपर्ने बताइन् । उनले भनिन्, ‘अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, जुन प्रकारले सामाजिक व्यवस्था बिग्रिदै गएको छ । यसलाई सुधार गर्नुपर्छ । सनातनी धर्मको मर्यादामा नेपाललाई स्थापित गर्नुपर्छ भन्ने अभियान चलाइएको छ । यस्तो अभियान नै हाम्रो रामराज्यको परिकल्पना हो ।’

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १३:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij