२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दिक्षित भएका छन् । एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दिक्षित भएका हुन् ।
उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दिक्षित गरिएको हो । त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतले नानीबाबुहरुको हौसलालाई वढाउन यस्ता कार्यक्रम आवश्यक भएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले नाचगान पनि गरेका थिए । साथै अभिभावकले स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij