Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आन्दोलन

देशभरिका शिक्षकहरू आन्दोलनकालागि काठमाडौं आइपुगे

देशभरिका शिक्षकहरू आन्दोलनकालागि काठमाडौं आइपुगे


  • 1.3K
    Shares

    देशभरिका शिक्षकहरू आन्दोलनकालागि काठमाडौं आइपुगे

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौ आइपुगेका छन् ।

    शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौ आइपुगेका हुन । महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आजको र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने छन् ।

    ‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपिनु हुन्छ ।’

    आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ । प्रदेश प्रदेशबाट पनि १००/१०० जना परिचालन गरिएको छ,’ उनले भनिन् ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १२:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij