Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नयाँ टेलिसिरियल बाचामा सार्वजनिक ( भिडियो )

नयाँ टेलिसिरियल बाचामा सार्वजनिक ( भिडियो )


  • 1.6K
    Shares

    नयाँ टेलिसिरियल बाचामा सार्वजनिक ( भिडियो )

    काठमाडौं । नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल  ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्। विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा चिनिएका राजले विगतमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता सिरियलमा काम गरिसकेका छन्।  

    यस टेलिफिल्ममा नायक विनोद श्रेष्ठ, शितल केसी, अस्मिता बस्नेत, रामचन्द्र अधिकारी, कृष्ण केसी, नियुक्ति शेर्पा, सबिता थापालिया, गणेश खनाल, राज न्यौपाने, समिता रिजाल, दीपक सुनार, र कमला श्रेष्ठ ९के।सी।० को अभिनय रहेको छ। कलाकार रोशनी सापकोटालाई भाग २ बाट हेर्न सकिनेछ।

    रामकृष्ण चौलागाईं र मन्दिप रानामगरले छायांकन गरेको यस सिरियललाई सुबाश देवकोटाले सम्पादन गरेका हुन्। ‘बाचा’का निर्देशक टेकेन्द्र कार्की हुन्। जुनेली भाउजु , सिताराम, चिना, नाम्लो चुरिफुरि लगायत सिरियल निर्देशन गरेका कार्कीको निर्देशनमा बनेको यो ९४औं सिरियल हो। बाचाको पहिलो भागलाई ३ दिनमै १ लाख पल्ट हेरिएको छ र  दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १२:१७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij