Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईई : जनकपुर र सिराहामा अंग्रेजी विषयको प्रश्नपत्र १ घण्टा नबित्दै ‘आउट’

एसईई : जनकपुर र सिराहामा अंग्रेजी विषयको प्रश्नपत्र १ घण्टा नबित्दै ‘आउट’


  • 1.1K
    Shares

    एसईई :  जनकपुर र सिराहामा अंग्रेजी विषयको प्रश्नपत्र १ घण्टा  नबित्दै  ‘आउट’

    काठमाडौं ।  एसईई सुरु भएको एकघण्टा नबित्दै जनकपुरको एक परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ। 

     सिराहामा  पनि पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।
     
    निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ। 

    एसईईको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सकिएको छ। जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र एक घण्टामै सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएपछि स्थानीय प्रशासनले यस विषयमा छानविन थालेको छ।

    शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश जनकपुरका निर्देशक ठूलोबाबु दाहालले आफूलाई पनि प्रश्नपत्र बाहिरिएको विषय भर्खरै जानकारीमा आएको बताए। 

    ‘जनकपुरबाट प्रश्नपत्र बाहिरिएको भन्ने विषय मैले पनि भर्खरै सुनेँ,’ निर्देशक दाहालले नेपालखबरसँग भने, ‘परीक्षा केन्द्रमा मोबाइल लैजान प्रतिवबन्ध गरिएको छ। परीक्षा व्यवस्थापनको सबै जिम्मेवारी जिल्ला शिक्षा समन्वय इकाइँ र परीक्षा समन्वय समितिलाई छ। के भएको हो, हामी पनि छानविन गर्छौं।’

    जनकपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको भएको भनिए पनि कुन केन्द्रबाट बाहिरिएको हो खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - ११:५५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij