२०८२ माघ ७ गते बुधवार
काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेको भुवन के पोखरेल र चर्चित मोडल कुसुम शर्मा को मुख्य भुमिको रहेको मैले बुनेका रहर बोलको आधुनिक गीत सार्वजनिक भएको छ । मधुशाला अफिसियल युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।
गायक स्वोरुप राज आचार्यको स्वरमा रहेको यस गीतमा शब्द सुबास कुमार लम्सालको हो । सङ्गीत राम कार्कीको छ भने उक्त गीतको म्युजिक भिडियो निर्देशन सुरेश थापा रहेको छ । छायांकन प्रवेश पोखरेलको हो । उक्त गीतमा गोपिकृष्ण चापागाई, श्रीधर खनाल तेस्तै मानसी शर्माको अभिनय गरेको छ।
राजधानीमा भएको एक कार्यक्रममा गीत पुर्ब प्रधानमन्त्री झलनाथ खनालबाट बिमोचन भएको थियो।कार्यक्रममा विशिष्ट अतिथीको रुपमा जन सास्कृत माहसंघका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारको पनि उपस्थित थियो। सभापतिको रुपमा सुरज खनाल र उक्त कार्यक्रममा व्यवस्थापकियको जिम्मेवारीमा गायक तथा सर्जक मतिराज खनाल रहेका थिए।
साथै, उक्त कार्यक्रममा सो गीतमा अभिनय गरेका कलाकारहरुलाइ सान्सा फिल्मले प्रशंसा पत्र प्रदान गरेको थियो । अन्य कलाकार तथा पत्रकारहरुलाइ प्रमुख अतिथीको हात बाट माया को चिनो प्रदान गरीएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij