Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य

पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य


  • 2.7K
    Shares

    पतिको हत्या, प्रेमीसँग हनिमुन : यसरी खुल्यो रहस्य
    images

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कानले सन् २०१५ मा सौरभ राजपुतसँग प्रेम गरिन् । सन् २०१६ मा उनीहरूले आपसी प्रेमलाई विवाहमा परिणत गरे ।

    दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् । सौरभ एक व्यावसायिक पानीजहाजमा अफिसरका रूपमा काम गर्दथे । सौरभ लामो समयसम्म सामुद्रिक यात्रामा रहने भएकाले मुस्कान मेरठमै भाडाको घरमा छोरीसँग बस्दै आएकी थिइन् ।

    सन् २०१९ मा मुस्कानको जीवनमा साहिल नाम गरेका युवकको प्रवपेश भयो । मुस्कान बसेकै टोलमा साहिल पनि बस्दथे । सुरुवातमा दुवैबिच मित्रताको सम्बन्ध थियो । तर बिस्तारै दुवैबिच प्रेम सम्बन्ध बढ्न थाल्यो ।

    २५ फेब्रुअरीमा मुस्कानको जन्मदिन थियो । आफ्नो जन्मदिनलाई विशेष बनाउने तयारीमा मुस्कान थिइन् । साहिलसँगको प्रेममा डुबिसकेकी मुस्कानले पति सौरभको हत्याको योजना बनाइन् ।

    ४ मार्चको राति सौरभ घरमा सुतिरहेका थिए । मुस्कानसँगै सल्लाहमा साहिलले सौरभमाथि चक्कु प्रहार गरे । केहीबेरमै सौरभको मृत्यु भयो ।

    मुस्कानले आफू पति सौरभसँग हिमाचल घुम्न जान लागेको हल्ला फिँजाइन् । त्यसपछि घरमा ताला लगाएर उनी हिँडिन् । त्यसअघि उनले एउटा प्लास्टिकको ड्रम किनेर ल्याएकी थिइन्, जसमा सौरभको शवलाई टुक्रा पारेर राखियो र माथिबाट सिमेन्टको घोल हालेर त्यसलाई ठोस आकार दिइयो ।

    सौरभको हत्यापछि मुस्कान र उनका प्रेमी साहिल तीन दिनसम्म मनालीमा बसे । त्यहाँ दुवैले हनिमुन मनाएको बताइन्छ ।

    मुस्कानले पतिको हत्या सम्बन्धमा कसैलाई शंका नहोस् भनेर निकै चलाखीपूर्ण तरिकाले काम गरे पनि आमालाई भने यसबारे जानकारी दिएकी थिइन् ।

    तर मुस्कानकी आमाले प्रहरीलाई यसबारे जानकारी दिइन् । प्रहरीले मुस्कानलाई नियन्त्रणमा लिएर सोधपुछ ग¥यो । सुरुमा आत्तिएकी उनले झुट बोलेर प्रहरीलाई अलमल्याउन खोजिन् । प्रहरीले साहिलसँग पनि सोधपुछ ग¥यो । तर साहिलले उक्त घटनालाई लुकाउन सकेनन् ।

    त्यसपछि प्रहरीले सौरभको घरमा पुगेर ड्रम खोल्यो । ड्रमभित्र ठोस सिमेन्ट भरिएको थियो । कडा मेहनतपछि प्रहरीले सिमेन्टले ढाकिएको शव बरामद गरी पोस्टमार्टमका लागि पठायो ।

    मेरठका एसपी आयुषविक्रम सिंहका अनुसार सौरभ ४ मार्चमा मेरठ आएका थिए । त्यतिबेला नै उनको हत्या भएको सिंहको भनाइ छ ।

    मुस्कान र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्या र षडयन्त्र रचेको लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरिएको सिंहले बताए ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १३:४२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij