Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईईमा कुनै पनि प्रकारको अवरोध नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

एसईईमा कुनै पनि प्रकारको अवरोध नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह


  • 1.4K
    Shares

    एसईईमा कुनै पनि प्रकारको अवरोध नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ। 

    मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोली (बिहीबार) देखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने जनाएपछि बोर्डले आन्तरिक रुपमा उठेका बिषय मिलाएर परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न आग्रह गरेको हो।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रदेश सरकारले गरेका निर्णयमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने तर परीक्षा सञ्चालनमा अवरोध गर्न नहुने बताएका हुन्। अध्यक्ष शर्माले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र जिल्ला परीक्षा समन्वय समितिले छलफल गरेर यो बिषय छिटो मिलाउनु पर्नेमा पनि जोड दिए। 

    एसईई परीक्षालाई मार्यादित बनाउन बोर्ड लागिरहेको र परीक्षा रोक्ने र नराम्रो बनाउने मनसाय मुख्यमन्त्रीको पनि नभएको शर्माको भनाई छ। मधेस प्रदेश सरकारले  फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउन परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने निर्णय गरेको थियो।  

    तर, जिल्ला परीक्षा समन्वय समितिले निर्णय कार्यावन्यन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री सिंहले जनकपुरमा पत्रकार सम्मेलन गर्नै एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने बताएका थिए। तर, उनले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगरिने पनि बताएका छन्।

    केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यपकलाई सिफारिस गरिँदा परीक्षा मर्यादित नहुनेमा उनको जोड थियो। भोलि (बिहीबार) बिहानदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा मधेस प्रदेशबाट ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदैछन्।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १३:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij