Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएपछि...

तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएपछि...


  • 2.3K
    Shares

    तान्त्रिकले  ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएपछि...
    images

    काठमाडौं । भारत मध्यप्रदेशको शिवपुरीमा एक तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएर अनुहार र आँखा दुबै डढाइदिएका छन् । टाइम्सअफ इन्डियाका अनुसार मध्य प्रदेशका एक स्वयंभू तान्त्रिकले छ महिनाको शिशुलाई आगोमाथि उल्टो पारेर झुण्ड्याउँदा अनुहार र आँखा दुबै डढेको छ । 

    गम्भीर अवस्थामा उनको उपचार भइरहेको र आँखाको ज्योति लगभग गुमेको अनुमान गरिँदै छ । घटना मार्च १३ गते भएको र घटनालगत्तै तान्त्रिक परार रहेको समाचारमा जनाइएको छ । विरामी ठीक हुने आशामा आमाले बच्चालाई एक अनुष्ठानका लागि शिवपुरी लिएर गएकी थिईन् । 

    त्यसरी बच्चालाई आगोमा झोंस्ने तान्त्रिक रघुविर धाकडविरुद्ध छानविन जारी रहेको र औपचारिक रुपमा मुद्दा दर्ता गर्न बाँकी रहेको बताइएको छ । ६ महिने शिशुको सघन उपचारकक्ष आईसीयुमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका नेत्र रोग विशेषज्ञले स्थानीय सञ्चारमाध्यलाई बताएका छन् । 

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - ०६:४४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij