Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागीः ५९ जनाको मृत्यु, १५५ घाइते

म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागीः ५९ जनाको मृत्यु, १५५ घाइते


  • 1.5K
    Shares

    म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागीः ५९ जनाको मृत्यु, १५५ घाइते
    images

    काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा भएको आगलागीको घटनामा जिम्मेवार ठहरिएका १० जनालाई प्रहरीले नियन्णमा लिएको छ ।

    स्थानीय समयअनुसार आइतबार बिहान करिब २:३० बजे कोचानिमा रहेको पल्स क्लबमा लागेको आगोमा परी ५९ जनाको मृत्यु भएको छ । त्यस समय त्यहाँ देशको लोकप्रिय हिप-हप जोडी डिएनकेको कन्सर्ट हेर्न करिब पाँच सय जना मानिसहरू भेला भएका थिए ।

    त्यहाँको गृहमन्त्रालयका अनुसार आगोलागी घटनामा ब्याण्डका एक सदस्य मात्र जीवित रहेका छन् । सो आगलागीमा परी कन्सर्टमा भेला भएकामध्ये १५५ जना घाइते भएका छन् ।

    आगलागीका लागि जिम्मेवार ठानिएका १० जना संदिग्धहरूलाई केही समयका लागि थुनामा राख्ने आदेश जारी गरिएको छ । तीमध्ये कन्सर्ट आयोजनाका लागि अनुमति जारी गर्ने मन्त्रालयका अधिकारीहरू समेत रहेका छन् ।

    कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ०८:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij